समाज

विकास योजना थालेर समयमा पूरा गर्दैनन् सिन्धुपाल्चोकका गैरसरकारी संस्था
SHARES

बैशाख ८, २०७४

    सिन्धुपाल्चोक : जिल्लाका विभिन्न गाउँमा विकासका लागि भित्रिएका गैरसरकारी संस्थाहरुले विभिन्न योजनाहरुको काम थालेर बीचैमा अलपत्र पारेका छन्। गैससले साँगाचोकगढी नगरपालिकादेखि बलेफी गाउँपालिकासम्म योजना अलपत्र छोड्ने, थोरैको काम गरेर लाखौंको काम गरेको किर्ते कागज पाइएपछि यस्तो खुल्न आएको हो।

    सिडिसिइफ र वल्र्डभिजनको साझेदारीमा पैह्रे साहीथोकको खेतको कान्लाबीचमा एक सिमेन्टले ढलान गरेको पुल तेस्र्याइएको छ, जसको लागतबारे पैह्रेका स्थानीयलाई संस्थाले कुनै जानकारी दिएको छैन न त कतै कार्य सम्पन्नको बोर्ड राखिएको छ।

    त्यस्तै, जिविकोपार्जन परियोजना कार्यक्रमअन्र्तगत सडक मर्मत तथा पुनर्निर्माणको लागि छुट्टयाइएअनुसार १८ बोरा सिमेन्ट, १२ बोरा बालुवालगायत झण्डै ढुवानी १ लाख ७० हजार गरी तीन लाखको लागत योजनाको होर्डिङ बोर्ड स्थानीय सुदर्शन खड्काको बाख्राको खोरमा फ्याँकिएको अवस्थामा भेटिएको छ।

    बोर्डअनुसार ३ लाख २० हजार ६६ रुपैयाँको वनकाली कृषि सडक बनाइनुपर्ने थियो। ‘संस्थाको सडकको बजेटले यो पुल बनाइदिएका हुन्, गैससले पुलको नाममा ढलान गरेर अलपत्र छाडिदिए’ स्थानीय खड्काले भने, ‘पहिले सूचना बोर्ड फालिएको थियो, मैले काम लाग्ला भनेर राखेको हुँ।’

    पाँच बोरा सिमेन्ट लगेर दुई वटा खेतको कान्लामा संस्थाले आफ्नै कामदार लगाएर अड्याएका छन्। स्थानीयले बर्खामा पुल बनाउन माग गरेपछि गैससले स्थानीयको आ“खामा छारो हालेर बारीको कान्लामा फल्याक आकारको ढलान गरेर छोडेका हुन्।

    बलेफी गाउँपालिकामा सिडीइसिइफ र वल्र्डभिजनको ज्यादती अझै उस्तै छ। वनकाली कृषि सडक निर्माणको लागि ल्याएको तीस बोरा सिमेन्ट बिग्रिसकेको अवस्थामा सडकमा फालिएको छ। सिमेन्टका बोरा बाटोभरि अलपत्र फ्याँकिएका दुई महिना बितिसकेको स्थानीय खड्काले बताए।

    पहिले वनकाली कृषि सडक बनाएको भन्दै गैससले सम्पन्न बोर्ड सडकछेउमा राखेको र आफ्नै पहलमा हटाउन लगाएको स्थानीय बुद्धीजीवी तथा अगुवा नारायणभक्त श्रेष्ठले बताए। ‘गैससले सोझा स्थानीयलाई झुक्याउने काम गरिरहेका छन्, श्रेष्ठले गुनासो पोखे, गैससले गरेको उपद्रो बलेफी गाउँपालिकाभर नै छ।’

    स्थानीयलाई झुक्याएर तीन लाखको पुल बनाउनेदेखि योजना नसकिँदै काम सकेको बोर्ड राख्ने ज्यादती गैससको लागि सामान्य भइसकेको छ। प्रशासनिक अनुगमन धेरै हुने गरेको पाइए पनि हालसम्म अनुगमनले गैससको यस्तो कार्यलाई रोक्न सकेको छैन।

    त्यस्तै, सम्पन्न गर्न बाँकी रहेमको कुभिण्डेमा सडक योजना अन्र्तगतको सिमेन्ट अझै स्थानीयको घरमा थन्किएको छ। योजनाको काम नसकिँदै  सकिएको होर्डिङ बोर्ड राखेपछि स्थानीयको विरोधलगत्तै अहिले हटाइएको छ।

    यसबारे सम्बन्धित पक्षसँग कुरा गर्दा विभिन्न प्राविधिक समस्याका कारण कामले पूर्णता नपाएको सिडिइसिइफले जनाएको छ। ‘हाम्रा  तर्फबाट पनि केही गल्ती भएकै छ,’ सिडिइसिएफका एक जिम्मेवार कर्मचारीले भने, ‘अब यस्तो त्रुटि नदोहोरिने गरी काम गर्छौं।’

    दुईवटा पर्खाल लगाउन १४ लाखको मर्मत खर्च देखाइयो

    बलेफी गाउँपालिकाको पैह्रेमा रहेको वनकाली आधारभूत विद्यालय मर्मत गर्न गैससले १४ लाख खर्च भएको विवरण देखाएका छन्। महिला आत्मनिर्भरता केन्द्रले आपतकालीन अवस्थामा शिक्षा कार्याक्रमअन्तरगत भूकम्पबाट भत्केको पर्खाल मर्मत गर्न मात्रै १४ लाख खर्च भएको विवरण टाँस गरेको छ।

    विद्यालय निर्माण अगाडि महिला आत्मनिर्भरता केन्द्रले ७५ को जस्ता ल्याउने भन्दै सस्तो कमसल ४५ केजीको ल्याएर निर्माण सुरु गरेको थियो। स्थानीयलाई सिधै झुक्याउन नसकिने भएपछि केन्द्रले ७५ केजीको जस्ता एक /दुईवटा ल्याएर अरू सबै कमसल ल्याएर निर्माण गरेको स्थानीय बताउँछन्।

    ‘दुई कोठे भवनको सामान्य पर्खाल मर्मतमा नै १४ लाख खर्च भएको केन्द्रले विवरण देखाएको छ,’ स्थानीय राजकुमार लामाले महिला आत्मनिर्भरता केन्द्रले सिधै झुक्याएको आरोप लगाउदै भने, ‘सोझा गाउँलेलाई झुक्याएर गैससले आफ्नो धन्दा चलाइरहेका छन्।’

    भवनको मर्मतकार्यमा दुई कोठेको भवन निर्माणमा झण्डै तीन लाख बराबरको खर्च भएको अनुमान गर्न सकिन्छ। तर, केन्द्रले १४ लाखको खर्च भएको मनपरी विवरण देखाएको स्थानीयको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]