|

  गुल्मी : आफ्नै वृद्ध आमाको हत्या गर्ने चन्द्रकोट गाउँपालिका वडा नं १ दिबु्रङका वीरबहादुर काउछालाई जिल्ला अदालत गुल्मीले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। उनले ५ भदौ ०७३ मा घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउछालाई कोदालो प्रहार गरी हत्या गरेका थिए।

 प्रहरीले ६ असोज ०७३ मा गिरफ्तार गरी अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले जानकारी दिए। जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीले ज्यानसम्बन्धी महल १३, (१) बमोजिम उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.