|

उदयपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जिल्लाका एक कर्मचारीलाई नियन्त्रणमा लिएको गरेको दुई घण्टापछि रिहा गरेका छन्। शुक्रबार दिउँसो पेस्तोल देखाएर उदयपुरगढी गाउँपालिका ६ को सम्पर्क कार्यालयमा काम गरिरहेका प्राविधिक सहायक उद्धव ढुंगानालाई नियन्त्रणमा लिएका हुन्।

आफ्नै कार्यालयबाटै नियन्त्रणमा लिइएका ४६ वर्षीय प्राविधिक सहायक ढुगांना प्रहरीको खोजतलासपछि रिहा भएका हुन्। तीन जनाको समूहमा आएका नेकपाका कार्यकर्ताले ढुंगानालाई दिउँसो १ बजे पेस्तोल देखाएर कार्यालयबाटै कार्यालयको स १ ब ५८४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएका थिए। प्रत्यक्षदर्शी पत्रकार सञ्चार किराँतीले भने, ‘अपहरण गरेको देखेर मैले प्रहरीलाई खबर गरी खोजतलास गर्दा दुई घण्टापछि रिहा भए।’

नियन्त्रणमा लिई ढुंगानालाई त्रिनपा ११ ढिम्की मन्दिर नजिक रहेको पार्टी कार्यालयमा थुनेको मुक्तपछि ढुंगानाले बताए। ‘तीन जनाको समूहमा आएका उनीहरुले पेस्तोल देखाएर त सँग काम छ एक छिन पार्टी कार्यालयमा हिड् भन्दै लगे,’ अपहरण मुक्त भएपपिछि ढुंगानाले भने, ‘दाजु हरि ढुंगानासँगको अंशबण्डाको घटनालाई लिएर, विहीबार दिउँसो नाम थाहा नभएका विप्लवका कार्यकर्तासँग सामान्य भनाभन भएको थियो, त्यसैको भोलिपल्ट शुक्रबार उसैको नेतृत्वमा आएका तीन जना केटाले अपहरण गरेर पछि छाडिदिए।’

उदयपुर प्रहरी प्रमुख एसपी नरबहादुर केसीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले केहीबेर नियन्त्रणमा लिई छाडेको बताए। यता माओवादी जिल्ला इन्चार्ज केदार राईले भने आफूलाई घटनाको बारेमा केही जानकारी नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.