|

काठमाडौं : बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह चुनावको मिति जतिजति नजिकिँदै छ, उतिउति चुनावी माहोल व्यापक बन्दै गइरहेको छ। एकातिर पार्टीहरूले धमाधम उम्मेदवार अगाडि सारिरहेका छन् भने अर्कोतिर एक पार्टीका नेता कार्यकर्ता अर्को पार्टीमा प्रवेश गर्ने क्रम पनि बढेर गएको छ। 

यसै क्रममा माओवादी केन्द्रले काठमाडौंको ३१ नं. वडामा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। वडा अध्यक्षमा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य वसन्तकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। 
 

को हुन् वसन्त?

काठमाडौं ३१ नं. वडामा बसोवास गर्दै आइरहेका श्रेष्ठ ०३४ सालदेखि अखिल पाँचौँमा संगठित भएर राजनीतिमा जोडिएका थिए। ०३६ सालको आन्दोलनमा भूमिगतसमेत भएका श्रेष्ठबीचमा नेपाली कांग्रेसमा रहेर राजनीति गरेका थिए। २०७० सालमा माओवादी पार्टी प्रवेश गरेका उनी स्थानीयस्तरमा निकै रुचाइएका उम्मेदवार हुन्। 

'आजको तिव्वत' नामक द्वैमासिक पत्रिकाका प्रधानसम्पादक रहेका श्रेष्ठ वर्ल्ड कल्चर नेट चाइना इन्फरमेसन सेन्टरका महासचिवको रूपमा समेत कार्यरत छन्। त्यसैगरी सामुदायिक विकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवाका पूर्व अध्यक्ष रहेका उनी चिनियाँ अन्तर्राष्ट्रिय स्वयंसेवक सेवाका नेपाली समन्वयकर्ताको भूमिकामा पनि छन्।

त्यसैगरी ३१ नं. वडामा माओवादी केन्द्रका तर्फबाट खुला सदस्यमा कुमार अछामी र श्यामबहादुर महर्जन, महिला सदस्यमा शान्ता लामा र दलित सदस्यमा रूपा बर्माको टुंगो लगाइएको वडा अध्यक्षका प्रत्यासी श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.