राजनीति : स्थानीय निर्वाचन २०७४

उम्मेदवार सिफारिस नभएपछि पत्रकार चापागाईंको आक्रोश, भिडियो
SHARES

बैशाख ८, २०७४

    बुटबल : यतिबेला मुलुक निर्वाचनमय भएको छ। राजनीतिक दललाई मात्रै हैन हरेकजसो पेशामा आवद्ध भएकाहरु गाउँ/नगरमा उम्मेदवार बन्न लालायित देखिन्छन्।

    के शिक्षक, के पत्रकार? पेशाबाट राजीनामा दिएरै नेतृत्व लिनका लागि देशका विभिन्न ठाउँबाट चुनावी अभियानमा होमिएका छन्। यसपटकको चुनावमा राजनीतिक नेता/कार्यकर्तापछि सबैभन्दा बढी शिक्षक र पत्रकारहरु उम्मेदवार बन्न इच्छुक देखिन्छन्।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका ३ जना पूर्व अध्यक्षहरु नै विभिन्न पार्टीबाट बुटवल उपमहानगरमा प्रमुख बन्ने इच्छा देखाए। पूर्वअध्यक्षहरु बालकृष्ण चापागाईं एमालेबाट, विनोद पहाडी माओवादी केन्द्रबाट र हरि लम्साल कांग्रेसबाट नगर प्रमुख बन्नका लागि केही समय दौडधुपका साथै माहोल बनाउन लागे।

    पार्टीहरुले सिफारिस गर्ने क्रममा आफ्नो नाम सूचीमा नपरेपछि उनीहरु रुष्ट देखिन्छन्। प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले त पत्रकार सम्मेलन गरेरै असन्तुष्टि पोखे। ‘केन्द्रीय नेताले आफूलाई निषेध गर्न खोजेको’ भन्दै उनले एमाले उपमहासचिव विष्णु पौडेलको कडा आलोचना गरे। उनले विष्णु पौडेलले स्याङ्जाबाट पाल्पा हुँदै बुटवलमा चुनाव लड्न आए पनि जनताका कुरा बुझ्ने प्रयास नगरी तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए।

    उनले पौडेललाई मात्रै हैन, अर्का उपमहासचिव घनश्याम भुसाल, गोकर्ण विष्टलगायतलाई पनि आम्नेसाम्ने भएर पार्टीलाई दिएको योगदानको समीक्षा गर्न तयार रहेको बताए।

    भिडियोमा हेर्नुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]