राजनीति

पाँच दिने भारत भ्रमणपछि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, फोटो
SHARES

बैशाख ८, २०७४

    काठमाडौं : भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ स्वदेश फिर्ता भएकी छन्।  

    राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गरे।  

    सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो। राष्ट्रपतिसँगै भ्रमण दलका सदस्य शान्तिमन्त्री सीतादेवी यादवलगायत पनि स्वदेश फर्केकी छन्। परराष्ट्रमन्त्री डा प्रकाशशरण महत सो भ्रमणअन्तर्गत नयाँ दिल्लीका महत्वपूर्ण भ्रमणपछि नेपाल फर्किसकेका थिए। भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी यही वैशाख ३ गते त्यसतर्फ गएकी थिइन्।

    हेर्नुस् राष्ट्रपति भण्डारी स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोटो

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]