|

सिन्धुपाल्चोक : स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन्। चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन्। 

संसदमा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएकाा छन्। संसदमा प्रतिनिधित्व नगरेका बाँकी ९ दललाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको हैसियतमा चिन्ह दिएको छ। आयोगले सिन्धुपाल्चोकका लागि क्रम संख्या ३६ भएको चिन्हसहितको मतपत्र छापेको छ। 

समानुपातिक मतका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दललाई क्रम संख्या १ देखि ११ सम्म लहरका चिन्ह छुट्याइएको छ। ११ देखि २० क्रमसंख्यासम्मको लहरका चिन्ह जिल्लामा दर्ता भएका तर संसदमा प्रतिनिधित्व नगर्ने दलका लागि व्यवस्था गरिएको छ। उनीहरुलाई फरक फरक चिन्ह दिइएको छ। 

आयोगले जिल्लामा दर्ता भएका नेपाल दलित पार्टी, ताम्सालिङ राष्ट्रिय जनएकता पार्टी, नयाँशक्ति पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल जनता पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले समाजवादी, चुरेभावर लोकतान्त्रिक लगायतले दलीय चुनाव चिह्न पाउन सकेनन्। स्वतन्त्र उम्मेदवारको आँकलन गरी आयोगले जिल्लाका लागि मतपत्रको क्रम संख्या २१ देखि ३६सम्मको लहरमा चुनाव चिह्नको व्यवस्था गरेको छ।

आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएका चुनाव चिह्न निकै रोचक रहेका छन्। पानको पात, सियोधागो, हुप, सुई, बाँदर, काग, भ्यागुतो, गंगटो, चल्ला, ढिकी, फर्सी, बिरालो, छुरा, दाह्री काट्ने मेसिन लगायत धेरै चुनाव चिह्न मतदातालाई हँसाउने खालका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.