|

देउखुरी : स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा दलित महिला अनिवार्य गरेपछि दलहरुलाई दलित महिला सदस्यको उम्मेदवार खोज्न सकस भएको छ। दाङ जिल्लामा प्रमुख दलहरुले हालसम्म वडास्तरका आकांक्षीको नामावली उपल्लो कमिटीमा पठाए पनि दलित महिला सदस्य पछि थप्ने भन्दै खाली पठाएको पाइएको छ।  दलित महिलाको पद खाली हुने भएपछि घरमै दलित महिलालाई आफ्नो दलको तर्फबाट निर्वाचनमा उम्मेदवार बन्न घर घर जान थालेका छन्। 

नेकपा माओवादी केन्द्र लमही नगरपालिका वडा नम्बर ९ मा दलित सदस्यको ठाउँमा कोही फेला नपरेपछि दलित महिलाको नाममा खाली राखी जिल्लामा सिफारिस गरी पठाएको छ।'भएकाहरुको उमेर पुगेको छैन। अरु दलमा आवद्ध भएकालाई हाम्रो पार्टीबाट कसरी उम्मेदवार बनाउनु दलित महिलाको हकमा समस्या छ' नेकपा माओवादी केन्द्र लमही नगर संयोजक अमर कुँवरले भने। 

कुनै वडामा एकै व्यक्तिलाई दुई दलले सिफारिस गरेका छन्। लमही नगरपालिका ४ शितलपुरकी डालिका सार्कीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले सिफारिस गरेका छन्। दलित महिला नभेटिएकाले समस्या भएका स्वयं दलहरु नै स्वीकार्छन्। 

नेकपा एमालेका दाङ जिल्ला सदस्य रतनकुमार केसीले पहिले नै दलित महिलालाई दलमा संगठित नगराउँदा उम्मेदवार छनोटमा केही समस्या आएको बताए। 'सुरुमा समस्या नै आयो कि त खाली राख्ने कि त दलित महिला नै राख्नुपर्ने भएपछि कस्सिएर खोज्न थाल्यौ अहिले सबै वडामा पूर्ण भएको त छैन पूर्ण गर्छौं' उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.