|

पोखरा : वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेको उम्मेदवार चयनका लागि मतदान गरिएको छ। आकांक्षीहरु धेरै भएपछि नगर प्रमुख र उपप्रमुख पदको उम्मेदवार चयनका लागि मतदान गरिएको हो।

मतदानमा धेरै मत ल्याउने तीन जनाको नाम पार्टीको स्थायी कमिटीमा सिफारिस गरिएको छ। धेरै मत ल्याएर वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसी, जिल्ला अध्यक्ष कृष्ण थापा नगर प्रमुखको सिफारिसमा परेका छन्। जिसीले २४६, थापाले २१० मत पाएका थिए।

नगर प्रमुख पदका आकांक्षी श्रीनाथ बराल १११, युवा संघका अध्यक्ष राजीव पहारी  ८५, पुष्पज्योति ढुङ्गाना २०, नारायणप्रसाद बास्तोला १५ र मदनकाजी श्रेष्ठ १३ मत ल्याएर सिफारिसमा पर्न सकेनन्। नगर प्रमुखमा एक जना महिलाको नाम पनि सिफारिस गर्नुपर्ने भएकाले मित्रकुमारी गुरुङ सुवेदीको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।

त्यस्तै उपप्रमुखमा प्रभा कोइराला,  मन्जु गुरुङ र देवका पहारी धेरै मत ल्याएर सिफारिसमा परेका छन्। कोइरालाले २७५,  गुरुङले २११ र पहारीले १५६ मत पाए। मिना गुरुङ १३४,  उमा परियार ११९,  मिना गुरुङ १०३, छली कुमारी सुवेदी ६२ मत ल्याएर उम्मेदवारमा सिफारिस हुनबाट वञ्चित भए।

नगर प्रमुख र उपप्रमुखको उम्मेदवार चयनका लागि पोखरा- लेखनाथ महानगरपालिका संगठनका ३ सय ९९ सदस्यले मतदान गरेका थिए। लामो समय छलफल हुँदा पनि सहमति हुन नसकेपछि निर्वाचन गर्ने कि भन्‍ने निष्कर्षमा पुगेको महानगर प्रमुखका उमेदवार तथा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.