|

धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल)को फाइनलमा शनिवार टिम चौराह धनगढी र विराटनगर किङ्स भिड्दैछन्। खेल सेती अञ्चल प्रहरी कार्यालयको मैदान बिहान ११ बजे सुरु हुनेछ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराएर चौराह फाइनल प्रवेश गरेको हो। यसअघि मंगलबार भएको पहिलो ‘प्ले अफ’ मा रूपन्देही च्यालेञ्जर्सलाई नै २९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो। 

फाइनल खेलअघि शुक्रबार सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा आयोजित प्रि-म्याच पत्रकार सम्मेलनमा टिम चौराह धनगढीका कप्तान पारस खड्काले भोलिको फाइनलमा राम्रो ब्याटिङ गर्ने टोलीले उपाधि जित्ने सम्भावना रहेको बताए। विराटनगरका कप्तान शरद भेषावकरले प्रतियोगितामा युवा खेलाडीको प्रदर्शनबाट नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिएको प्रतिक्रिया दिए। 

दुवै टोलीका कप्तानहरूले सुदूरपश्चिममा आयोजना भएको धनगढी प्रिमियर लिग नेपली क्रिकेटकै केन्द्रीय प्रतियोगिता भएको भन्दै भविष्यमा नेपाली राष्ट्रिय टोलीको छनोट यही प्रतियोगिताको प्रदर्शनका आधारमा हुनसक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.