पाँचथर : पाँचथर गोल्डकपको उपाधिका लागि शनिवार झापा–११ र एपीएफ पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ।
रेडहर्स इलामलाई २–१ गोल अन्तरले हराउँदै झापा–११ फाइनलमा पुगेको हो। यस्तै पथरी स्पोर्टिङ क्लबलाई ३–० ले पाखा लगाउँदै एपीएफले झापा–११
सँगको भेट पक्का गरेको हो।
प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता पाँचथर क्लबको आयोजनामा वैशाख २ गते सुरु भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।