काठमाडौं : काठमाडौं उपत्यकाको मौसम शुक्रबारदेेखि नै धुमिएर घाम नलागेर पानी पर्लाजस्तो देिखन्थ्यो । शनिबार बिहानैदेखि मौसम केही चिसो चिसो जस्तो लागिरहेको थियो। एक्कासि बिहान नौ बजेतिर काठमाडौं उपत्यकामा मुसलधारे पानी पर्यो, करिब २० मिनेट जति परेको पानीले गर्दा गन्तव्यमा पुग्नेहरु रुझेरै हिँडिरहेकाे देखिन्थ्याे भने कोही पानीमा ओत लागेर बसेको देखिन्थ्यो। पानी रहे पनि काडमाडौं उपत्यकाको मौसम सफा गरी उघ्रेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।