|

लहान : सिरहाको दक्षिणवर्ती क्षेत्रमा पर्ने इनर्वामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भगवापुर गाउँपालिका ५ इनर्वाकी ६० वर्षीया नानीवती ठाकुर रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

आफ्नै घरमा रहेका बेला पानीसँगै परेको चट्याङ लागेर शुक्रबार साँझ घाइते भएकी नानिवतीलाई उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.