|

सुर्खेत : नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः  गणेशकञ्चन भारती निर्वाचित भएका छन्। शुक्रबार भएको मतदान प्रक्रियामा जम्मा १ सय ३७ मत खसेकोमा भारतीले ७३ मत ल्याएर अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपालको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार भारतीले प्रगतिशील पत्रकारहरुको संयुक्त प्यानलका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण भण्डारीलाई १० मतको अन्तरमा जित हात पारेका हुन्।

यस्तै, १ कार्यसमिति सदस्य १ केन्द्रीय पार्सदबाहेक सबै पदमा संयुक्त प्यानल विजयी भएको छ। यस्तै महासंघको खुल्ला उपाध्यक्षमा संयुक्त प्यानलका ललित बसेल, महिला उपाध्यक्षमा निर्विरोध माया थापा, सचिवमा सुदीप पुरी, खुला सहसचिवमा  ललित गाहा, समावेशी सहसचिवमा नन्दबहादुर गेलाङ र कोषाध्यक्षमा टेकेन्द्र विश्वकर्मा विजयी भएका छन्।

यस्तै, सदस्यहरुमा खगेन्द्रप्रसाद अधिकारी, चिन्तामणि कँडेल, पुरुषोत्तम सापकोटा, भीमप्रसाद पौडेल र रमेशकुमार पाण्डे निर्वाचित भएका छन्। यसैगरी, महिला सदस्यमा सविता जिसी, दलित सदस्यमा गोविन्द विक, जनजाति सदस्यमा नरजंग तामाङ र अल्पसंख्यक सदस्यमा अशोक राजी निर्वाचित भएका छन्। यस्तै अधिवेशनबाट प्रदेश सभासद् सर्वसर्वसम्मत रुपमा चयन भएका छन् भने केन्द्रीय पार्सदमा १ जनाबाहेक सबै सदस्य संयुक्त प्यानलका विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.