|

चितवन :  चितवनको नारायणगढमा म्याजिक भ्यानको ठक्करबाट शनिबार दिउँसो एक किशोरीको मृत्यु भएको छ।

चितवनको भरतपुरबाट नारायणगढको पुल्चोकतर्फ जाँदै गरेको ना १ च ५४२२ नम्बरको म्याजिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ५११२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार म्याजिकले पछाडिबाट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पश्चिम चितवनको पटिहानीकी १९ वर्षीया बर्षा आचार्यको मृत्यु भएको हो।

मध्यान्न १२ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याएकोमा दिउँसो १२:३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। सो दुर्घटनापछि म्याजिक चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.