|

काठमाडाै‌ : नेकपा माओवादी केन्द्रले देशभरका स्थानीय तहमा चुनावी सभा गरेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। केन्द्रले देशका अधिकांश स्थानमा उम्मेदवारको टुंगो पनि लगाएको छ। काठमाडौंका १० नगरपालिका मध्ये कीर्तिपुर बाहेकका अरु नगरपालिकामा माओवादीले आफ्ना उम्मेदवार तय गरेको छ। काठमाडौं महानगर र कीर्तिपुर नगरपालिकामा केही दिनमै उम्मेदवार चयन गरिने माओवादी केन्द्र काठमाडौं जिल्लाका संयोजक लेखनाथ न्यौपानेले जानकारी दिए। 

तारकेश्वर नगरपालिकामा प्रमुखमा धनलाल महर्जन र उपप्रमुखमा विना रानाले उम्मेदवारी दिने भएका छन्। त्यसैगरी बुढानिलकण्ठ नगरपालिका प्रमुखमा रविन अधिकारी र उपप्रमुखमा होमकुमारी दुलालले उम्मेदवारी दिने भएका छन्। टोखा नगरपालिका प्रमुखमा कल्पना शर्मा र उपप्रमुखमा धर्म डंगोलले उम्मेदवारी दिने भएका छन्। शर्मा काठमाडौंका १० नगरपालिकामा प्रमुख पदमा लड्ने एक मात्र महिला उम्मेदवार हुन्। 
 
कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा महेश्वर फुयाँल र उपप्रमुखमा रुकु रनपालको टुंगो लागेको छ भने नार्गाजुन नगरपालिका प्रमुखमा कुमार तामाङ र उपप्रमुखमा देवकी पौडेलले उम्मेदवारी दिने भएका छन्। 

गोकर्णेश्वर नगरपालिका प्रमुखमा टिआर नेपाल र उपप्रमुखमा रेणु कार्की, शंकरापुर नगरपालिका प्रमुखमा कृष्णराज सुवेदी र उपप्रमुखमा इन्द्रकुमारी तामाङले उम्मेदवारी दिने भएका छन्। दक्षिणकाली नगरपालिका प्रमुखमा उर्गेन संजय लामा र उपप्रमुखमा उमा बस्नेत थापा उम्मेदवार चयन भएका छन्।  

त्यस्तै चन्द्रागिरि नगरपालिकामा श्रीकृष्ण श्रेष्ठले प्रमुखमा र अधिवक्ता उर्मिला रोकाले उपप्रमुख पदमा उम्मेदवारी दिने गरी टुंगो लगाएको संयोजक न्यौपानेले थाहा खबरलाई जानकारी दिए। काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा भने उम्मेदवारको टुंगो लाग्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.