|

ओखलढुंगा : खिजीदेम्वा गाँउपालिका पात्ले–३ स्थित शिवालय मावि छेर्मादिङले स्थानीय निकायको निर्वाचनमा भोट माग्न हिड्ने शिक्षकमाथि कारबाही गर्ने निर्णय गरेको छ।

छानविन समिति गठन गरेर विद्यालयले शिक्षकलाई कुनै पनि राजनैतिक दल, संघसंस्था, समूहमा बस्न रोक लगाएको छ। निर्वाचन आचार संहिता र विद्यालय व्यवस्थापन समितिको निर्णयको विपरित कुनै पिन दलका पक्षमा ‘भोट माग्दै हिँडेमा’ विभागिय कारबाही गर्ने निर्णय भएको कार्यबहाक अध्यक्ष ङाङ चेम्बा शेर्पाले जानकारी दिए।

विद्यालयमा भर्ना अभियान सञ्चालन गर्नुपर्ने बेला शिक्षकहरु दल विशेषलाई भोट माग्दै हिँड्ने गरेको भन्ने गुनासोहरु आएपछि व्यवस्थापन समितिले छानविन अन्तरिक रुपमा छानविन अघि बढाएको जनाएको छ।

राजनैतिक दल विशेष रहेर भोट माग्‍ने, राजनैतिक गतिविधिमा संलग्न रहेको पुष्टि भएमा त्यस्ता शिक्षक कर्मचारीलाई जिम्मेवारी मुक्त गर्नेसम्मको कारबाही हुने प्रधानाध्यपक टंकनाथ नेपालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.