|

विराटनगर : नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखसहित १६ वटा वडाका उम्मेदवारको टुंगो लगाएको छ। पार्टी कार्यालय तीन पैनीमा शनिबार आयोजित उम्मेदवार घोषणा कार्यक्रममा १५ वडाका अध्यक्ष तथा सदस्यहरुको नाम सार्वजनिक गरियो। अन्य ४ वटा वडाका उम्मेदावरको टुंगो भोलीसम्म लगाउने माओवादीले जनाएको छ।

माओवादीबाट नगर प्रमुखको उम्मेदवार भोगेन्द्र यादव छन्। त्यस्तै नमिता न्यौपाने उपप्रमुखको उम्मेदवार बनेकी छिन्। ‍विराटनगर उपमहानगरपालिकाका इन्चार्ज यादव महेन्द्र मोरङ क्याम्पसको विद्यार्थी राजनीतिदेखि नै कम्युनिष्ट पार्टीमा आबद्ध थिए।

तत्कालीन एकताकेन्द्र मसाल र माओवादीबीच पहिलो संविधानसभा निर्वाचनपछि भएको एकता प्रक्रियामार्फत यादव माओवादीमा प्रवेश गरेका हुन्। उपप्रमुखकी उम्मेदवार नमिता न्यौपाने पोखरेल शान्ति प्रक्रियासँगसँगै माओवादीको आबद्ध भएकी हुन्।

संघर्षशील र जुझारु महिला नेतृ भएकै कारण यसअघिदेखि नै उनी लोकप्रिय नेतृको रुपमा स्थापित छिन्। माओवादी केन्द्रले विराटनगरको ४, १०, १४ र १५ नम्बर वडाको उम्मेदवारी टुंग्याउन बाँकी छ।

वडा नम्‍बर ३ मा महिला मात्रै उम्मेदवार
‍ माओवादी केन्द्रले विराटनगर वडा नम्बर ३ मा अध्यक्ष तथा सदस्यहरु पाँचै जना महिला उम्मेदवार बनाएको छ। जिल्लामा एक गाउँ वा वडा नमूना बनाउने उद्देश्यले महिलाहरुलाई मात्रै उम्मेद्वार बनाइएको माओवादी केन्द्र विराटनगरका उम्मेदवार छनोट समितिका सदस्य हरि घिमिरेले बताए। यसरी उम्मेदवार हुनेहरुमा सुशीला भट्टराई घिमिरे अध्यक्ष, अप्सरा निरौला र हिरादेवी घिमिरे गिरी सदस्य खुला तथा कल्पना पोखरेल महिला सदस्य र लक्ष्मीदेवी विक दलित महिला सदस्य रहेका छन्।

विराटनगर उपमहानगरपालिकामा माओवादी केन्द्रबाट टुंगो लगाइएको उम्मेदवारको नाम

प्रमुख : भोगेन्द्र यादव
उपप्रमुख : नमिता न्यौपाने

वडा नं. १
इश्वर खतिवडा (अध्यक्ष)
सरस्वती पोद्धार (महिला सदस्य)
सनचरी पासवान (दलित सदस्य)
पुण्य साह (खुल्ला सदस्य)
नेत्र प्रसाद निरौला (खुल्ला सदस्य)

वडा नं. २
विजयकुमार साही पुर्कुटी (अध्यक्ष)
जयमाला पोद्धार (महिला सदस्य)
सोसिला कुमारी मोची (दलित सदस्य)
सारदा प्रसाद गिरी (खुल्ला सदस्य)
फौदार दास (खुल्ला सदस्य)

वडा नं. ३
सुशीलादेवी भट्टराई घिमिरे (अध्यक्ष)
कल्पना पोखरेल (महिला सदस्य)
लक्ष्मीदेवी वि.क. (दलित सदस्य)
अप्सरा निरौला (खुल्ला सदस्य)
हिरादेवी घिमिरे रेग्मी (खुल्ला सदस्य)

वडा नं. ५
अम्बिका पराजुली (अध्यक्ष)
राधिका घिमिरे (महिला सदस्य)
ललिता देवी पासवान (दलित सदस्य)
सर्युग मण्डल (खुल्ला सदस्य)
राजु केवट (खुल्ला सदस्य)

वडा नं. ६

विजय कामत (अध्यक्ष)
चम्पा खत्रि (महिला सदस्य)
सुशीला पासवान (दलित सदस्य)
सन्तोष बहादुर साह (खुल्ला सदस्य)
होजी अहम्मद अन्सारी (खुल्ला सदस्य)

वडा नं. ७

शिवकुमार कार्की (अध्यक्ष)
दुर्गा बि.क. (दलित सदस्य)
संजय कुमार धाडेवा (खुल्ला सदस्य)
बैजुनाथ कामत (खुल्ला सदस्य)

वडा नं. ८
सरस्वती ओझा (अध्यक्ष)
सुशीला कामत (महिला सदस्य)
धनकुमारी गजमेर (दलित सदस्य)
नवराज पोखरेल (खुल्ला सदस्य)
मोहम्मद सदाय हुसेन (खुल्ला सदस्य)

वडा नं. ९
टीका गुरुङ (अध्यक्ष)
बन्दना थापा मिश्र (महिला सदस्य)
नविन हुसेन (खुल्ला सदस्य)
राजकुमार शर्मा (खुल्ला सदस्य)

वडा नं. १० 
सुकुमार मण्डल (अध्यक्ष)

वडा नं. ११
विनोद साह (अध्यक्ष)
सीतादेवी साह (महिला सदस्य)
रोशन राज राना (खुल्ला सदस्य)
उमेश सहनी (खुल्ला सदस्य)

वडा नं. १२ 

विष्णुकुमार कामत (अध्यक्ष)
रविना घतानी (दलित सदस्य)
अमिरलाल राजवंशी (खुल्ला सदस्य)
बलिराम ऋषिदेव (खुल्ला सदस्य)

वडा नं. १३

रामचन्द्र महतो (अध्यक्ष)
मिनाकुमारी यादव (महिला सदस्य)
सन्तोष तामाङ (खुल्ला सदस्य)
सुरेन शाह (खुल्ला सदस्य)

वडा नं. १६
गोपाल यादव (अध्यक्ष)
अन्जुदेवी मण्डल (महिला सदस्य)
फूलदेवी पासवान (दलित सदस्य)
विक्रम माझी (खुल्ला सदस्य)
प्रदीप लामा (खुल्ला सदस्य)

वडा नं. १७
मोहम्मद मुन्‍ना मिया जावेद (अध्यक्ष)
मोहम्मद रहु मिया (खुल्ला सदस्य)
मोहम्मद नजाम मिया (खुल्ला सदस्य)

वडा नं. १८
भवनेश्वर यादव (अध्यक्ष)
भारतीदेवी मण्डल (महिला सदस्य)
दुनियादेवी ऋषिदेव (दलित सदस्य)
आनन्दी मण्डल (खुल्ला सदस्य)
राजेन्द्र मण्डल (खुल्ला सदस्य)

वडा नं. १९
काशी ऋषिदेव (अध्यक्ष)
सुरजी ऋषिदेव (महिला सदस्य)
सोमादेवी ऋषिदेव (दलित सदस्य)
राकेश मण्डल (खुल्ला सदस्य)
रमेश चौधरी (खुल्ला सदस्य)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.