|

पाँचथर : फिदिममा आयोजित पाँचथर गोल्डकपको उपाधि झापा–११ ले जितेको छ। एपिएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै झापा–११ ले उपाधि कब्जा गरेको हो।

निर्धारित र अतिरिक्त समयमा पनि दुबै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। झापाबाट विशाल राई बी,बुद्ध चेम्जोङ,रञ्जित श्रेष्ठ र विक्की चौधरीले पेनाल्टीमा बललाई जाली चुमाए्।

एपीएफबाट  बुद्धिमान राई र सुशिल राईले मात्रै गोल गर्न सके। उज्जवल चाम्लिङको गोल भने झापाका गोलरक्षक दिनेश थापा मगरले उत्कृष्ट बचाउ गरे। प्रदिप चौधरीको प्रहारले पोष्टको दिशा लिएन।

प्रतियोगिताको विजेता झापा–११ ले नगद १ लाख ५० हजार रुपैयाँ र उपविजेता एपिएफले १ लाख रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र पाए। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाका दिनेश थापा मगर  घोषित भए। एपीएफबाट सुशिल राई वेष्ट फरवार्ड,वेस्ट डिफेन्डर फुसन मुर्मो,वेष्ट मिडफिल्डर बुद्धिमान राई भए।

झापाबाट भने वेष्ट मिड फिल्डर योगेश गुरुङ,वेष्ट फरवार्ड विशाल राई र वेष्ट डिफेन्डर देवेन्द्र तामाङ  घोषित भए। पाँचथर क्लबको आयोजनामा वैशाख २ गतेदेखि प्रतियोगिता सुरु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.