|

काठमाडौं : युवाकवि थीरलोचन श्रेष्ठद्वारा लिखित प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रह लोकार्पण भएको छ। प्रमुख अतिथी संस्कृतिविद् तुलसी दिवस, अतिथीहरू प्राज्ञ श्रवण मुकारुङ, समालोचक महेश पौड्याल रहेको उक्त कार्यक्रम ऐश्वर्य प्रकाशनका प्रबन्ध निर्देशक गणेश प्रसाद जोशीको अध्यक्षतामा सम्पन्‍न भएको थियो।

प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रहमाथि र आधुनिक नेपाली कविताको धारका बारेमा समालोचक महेश पौड्यालले आफ्नो धारणा प्रस्तुत गरेका थिए। कवि थीरलोचनले प्रस्तुत सङ्ग्रहमा प्रेम र ग्रामीण बिम्बहरूलाई मुख्य विषय बनाएको धारणा प्रस्तुत गरेका थिए। उनको कवित्व रुमानी रफ्तारमा यात्रारत रहेको कुरा समीक्षक महेश पौड्यालले बताएका थिए। 
उक्त कृतिबारे प्राज्ञ श्रवण मुकारुङले श्रेष्ठको लेखाइमा आफ्नोपन रहेको बताएका छन्। संस्कृतिविद तुलसी दिवसले नेपाली कविता र समालोचनाको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए।

उक्त कार्यक्रमका सभापति गणेशप्रसाद जोशीले कविलाई बधाई दिनुका साथै कृतिले सामाजिक विषय वस्तुलाई समेटेको कुरा बताएका थिए। उक्त सङ्ग्रहलाई ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.