|
Photo : Goal.com

इंग्लिस प्रिमियर लिगको लिग लिडर चेल्सी एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। टोटनह्याम हट्सपरसँग गएराति भएको सेमीफाइनल भिडन्तमा चेल्सी ४-२ ले विजयी भयो।

चेल्सीको जितमा विलियनले २ तथा इडेन हजार्ड र नेमान्जा मेटिकले १/१ गोल गरे। टोटनह्यामका लागि ह्यारी केन र डेलि अलीले बललाई जाली चुमाए पनि त्यो जितका लागि पर्याप्त भएन।

चेल्सीले अब उपाधिका लागि म्यानचेस्टर सिटी र आर्सनलबीच आइतबार राति हुने दोस्रो सेमीफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.