|

लहान : दूध ढुवानी गर्ने ट्याङ्करको ठक्करले शनिबार साँझ सप्तरीमा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमाननगर कंकालनी नगरपालिका १ भलुवा टोलका ७० वर्षीय बासैर यादव रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

पूर्वबाट पश्चिम आउँदै गरेको को.१ ख ६२०६ नम्बरको दूधको ट्याङ्करले घरतिर जाँदै गरेका यादवलाई पोर्ताहा चोकमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि शनिबार राति नै राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको जनाएको छ। पछिल्लो दुई दिनयता सप्तरीमा सवारीका साधनको ठक्करले एक महिलासहित दखुई जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.