|

सोलुखुम्बु : सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ। काठमाडौंबाट लुक्लाको लागि उडेको ९ NARA सीता एयरको विमान लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

आइतबार बिहान करिब ८ बजे अवतरणको क्रममा विमानस्थलको भित्तामा ठोकिएर विमानको पंखा फुटेको छ भने अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। विमानमा ३ जना चालक दलसहित १७ यात्रु सवार थिए। जसमध्ये १२ जना विदेशी नागरिक रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.