|

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–७, उग्रचण्डी पेट्रोलपम्पनजिकै आइतबार बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख अनील घिमिरेका अनुसार पनौती–३ घर भएका २८ वर्षीय केशव आचार्यको करेन्ट लागेर मृत्यु भएको हो। ट्रिपरबाट सामान झार्न लाग्ने क्रममा ट्रिपरको डब्बाले विद्युत् लाइन छोएर आचार्यलाई करेन्ट लागेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.