|

काठमाडौं : नेकपा माओवादी केन्द्रले मकवानपुरको थाहा नगरपालिकामा नगर प्रमुख र उपप्रमुको उम्मेदवार चयन गरेको छ।

नगर प्रमुखमा लवशेर विष्ट र उपप्रमुखमा शकुन्तला गोपालीलाई उम्मेदवार चयन गरेको हो। शनिबार बसेको नेकपा माओवादी केन्द्र हेटौंडा जिल्ला समितिको बैठकले उम्मेदवार चयन गरेको हो। थाहा नगरपालिका ३ घर्तीखोलाका विष्ट नेकपा माओवादी केन्द्रको मकवानपुर जिल्ला सदस्य हुन्।

त्यस्तै नगर उपप्रमुखकी उम्मेदवार गोपाली थाहा नगरपालिका ३ गोपाली गाउँकी हुन्। उनी नेकपा माओवादी केन्द्रको थाहा नगरपालिका कमिटीकी सहसचिव हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.