|

सल्यान : ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले देशको समृद्धिको बाधक भ्रष्टाचार भएको बताएका छन्। राज्यमा बसेका व्यक्तिहरु नै भ्रष्टाचारमा लिप्त हुँदा नेपाली जनता र देशको समृद्धि र विकास हुन नसकेको उनले बताए। शनिबार नेकपा माओवादी केन्द्र कुपिण्डे बनगाड नगरपालिको आयोजनामा सल्लीबजारमा भएको चुनावीसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले देश विकास नहुनुको मुख्य कारण भ्रष्टाचार भएको र त्यसको ज्वलन्त विद्युत् प्राधिकरणबाट पुष्टि भएको उनले दाबी गरे।

उनाले भने, ‘जनता किन दिनप्रतिदिन गरिबिको रेखामुनि धकेलिन बाध्य भइरहेका छन् भन्ने कुराको पुष्टि विद्युत् प्राधिकरणको एक उदाहरणले सबै जनतालाई घाम जस्तै छरलंग देखाइदिएको छ।’ देशको विकास गर्न पहिला आफंैले संकल्प गरेर लागेपछि देशलाई विकास हुने बताए। जसरी जनयुद्धको समयमा सफलता हात पार्दै अघि बढियो त्यसैगरी अहिले लोडसेडिङमा सफलता हात पारेको दाबी मन्त्री शर्माको छ।

गणतन्त्रलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले अब कसैले नचाहँदैमा निर्वाचन रोक्न नसिकने बताए। धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि निर्वाचन अनिवार्य भएको उनाको भनाइ रहेको छ।

जनयुद्धको जगमा यी सबै भएकाले माओवादीले यसलाई जनतासम्म लानुपर्नेमा जोड दिए। अबको ५ वर्षभित्र देश सम्पन्नशाली बनाउन माओवादी केन्द्रलाई जिताउन आग्रह गर्दै उनाले माओवादीले जे बोल्छ त्यही गरी देखाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.