|

लहान : पानी तान्ने विद्युतीय मोटरमा जडान गरिएको तारबाट करेण्ट लागेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। विद्युतीय मोटरबाट पानी तानेर नुहाउने क्रममा करेण्ट लागेर आइतबार बिहान घाइते भएकी शम्भुनाथ नगरपलिका ८ कि ९ वर्षीया छोरी विभाकुमारी दासको मृत्यु भएको हो।

आफ्नै घरको कलमा जडान गरिएको पानी तान्ने मोटरबाट निस्किएको विद्युतको तार छुँदा करेण्ट लागेर घाइते भएकी दासको उपचारको क्रममा राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। करेण्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

यो घटनासँगै पछिल्लो १५ दिनको अवधिमा सप्तरीका विभिन्न ठाउँमा करेण्ट लागेर चार जनाको मृत्यु भइसकेको छ। सप्तरीको कृष्णशवरण गाउँपालिका १ का २८ वर्षीय जिब्रिल मियाँ, खडक नगरपालिका ११ बनौलीका ६५ वर्षीय सुजीलाल साह र रुपनी गाउँपालिका २ रायपुर ३ की २२ वर्षीया शशिकलादेवी मण्डलको करेण्ट लागेर मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.