|

कीर्तिपुर : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले कीर्तिपुर नगरपालिका प्रमुखमा रमेश महर्जन र लक्ष्मीकुमार महर्जनको नाम सिफारिस गरेको छ। उपप्रमुखमा सरस्वती खड्काको नाम सिफारिस गरेको छ।

प्रमुखको पदमा दुई जनाको नाम सिफारिस भएपनि अन्तिममा रमेश महर्जनको नाम टुङ्गिने सम्भावना रहेको कृतिपुर नगरपालिका संयोजक तथा काठमाडौं जिल्ला सदस्य लक्ष्मीकुमार महर्जनले जानकारी दिए। काठमाडौं जिल्ला कमिटीको बैठकले उक्त नामहरु सिफारिस गरेको हो।

यी हुन् कीर्तिपुर वडा अध्यक्षका उम्मेदवारहरु 

यसअघि नै एमाले कृतिपुर नगर कमिटीले नगरका वडा प्रमुखका उम्मेदवारहरुको नाम सिफारिस गरिसकेको छ। हेर्नुस् कुन वडाबाट वडाअध्यक्षमा कसको नाम सिफारिस भएको छ?

वडा नम्बर १ : लक्ष्मण महर्जन

वडा नम्बर २ : राजकमल डंगोल, रमेशमान डंगोल र प्रकाश महर्जन

वडा नम्बर ३ : राजेन्द्र महर्जन

वडा नम्बर ४ : बद्री बुढाथोकी

वडा नम्बर ५ : दिप गोविन्द महर्जन "राजेश"

वडा नम्बर ६ : निच्छेबहादुर महर्जन

वडा नम्बर ७ : राजकुमार माली

वडा नम्बर ८ : सुशील महर्जन

वडा नम्बर ९ : गंगाराम महर्जन

वडा नम्बर १० : अमन महर्जन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.