|

बर्दिया : स्थानीय तहको निर्वाचनका लागि बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकाका लागि नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ। 

राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा गाउपालिकाको प्रमुखमा बेहगराज थारू उपप्रमुखमा लीला थारू, मधुवन नगरपालिकाको प्रमखमा गणेश केसी उपप्रमुखमा सुभरानी थारूलाई सिफारिस गरिएको छ।

गुलरिया नगरपालिकाको प्रमुखमा गेहेन्द्र ढकाल उपप्रमुखमा मिथिला फुयाल, बारबर्दिया नगरपालिकाको प्रमुखमा दुर्गा थारू र उपप्रमुखमा अन्जु दहितको नाम सिफारिस गरिएको छ।

ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेत्र आचार्य उपप्रमुखमा कृष्णकुष्मा थारू, वासगढी नगरपालिकाको प्रमुखमा दिनाराम थारू उपप्रमुखमा भूमि विक, बढैयाताल गाउँपालिकाको प्रमुखमा लल्लुराम थारू र उपप्रमुखमा राधा आचार्यको नाम सिफारिस गरिएको छ।

शनिवार सार्वजनिक गरिएको उम्मेदवारको नामावली प्रदेशमा पठाइएको र त्यहीँ नामावली अन्तिम हुने नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष तिलक शर्मा हिमालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.