|

काठमाडौं : सरकारले प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार दिनभर बसेको मन्त्रिपरिषद बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको सहमति अनुसार चार वटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्न आयोगलाई सिफारिस गरेको हो।

त्यस्तै मन्त्रिपरिषद बैठकले उम्मेदवारी दर्ताको समय दुई देखि चार दिन थप्न पनि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.