|

मोरङ: मोरङको झोराहाटमा शनिबार दुई दिने साहित्य-कला उत्सव सम्पन्न भएको छ। 

झोराहाट नाट्य केन्द्रले मासिक रूपमा सुरु गरेको ‘गाउँमा कविता’ कार्यक्रम एक वर्ष पुगेको अवसरमा साहित्य-कला उत्सव गरेको हो। बैशाख ८ गते भाषाविद् प्रा.डा. टंक न्यौपानेले उत्सवको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै कवि श्यामलले गाउँमा यसखाले अभियानले गाउँलाई साहित्यको ऊर्जा मिलेको बताए। 

उत्सवको पहिलो दिन नेपाल लिटरेरी ग्रुप दमकको संयोजनमा पूर्वका ‘१२ कविका १२ कविता’ वाचन भए, जसमा मनु मञ्जिल, मीनकुमार नवोदित, सीमा आभास, याम थुलुङ, अभागी थेगुवा, राजकुमार अनिश्चित, राज माङ्लाक, रमेशचन्द्र अधिकारी, दीपा प्रहार, सम्पदा रिजाल, केजी सुब्बा, कैलाश शिखरले आफ्ना रचना वाचन गरे। 

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको संयोजनमा भएको कवितावाचनमा देवान किराती, कृष्ण घिमिरे, सुरेश हाँचेकाली, राजेश खतिवडा, सुमन राई, अप्सरा तिम्सिना, अशोक बस्नेत, जीविका अश्रु, गायत्री गुरागार्इं, मीना श्रेष्ठसहित दुई दर्जन कविले प्रतिनिधि कविता वाचन गरेका थिए। सोही साँझ सीधा रचना वाचन दकमको संयोजनमा पूर्वका १५ जना प्रतिनिधि गजलकारले शक्तिशाली गजल वाचन गरेर मेहफिल जमाएका थिए।

मधु पोखरेल, विवश बलिभद्र कोइराला, भूपेन्द्र तिम्सिना, लोकेन्द्र बञ्जारा, घनश्याम पथिक, सुरेश सुवेदी, अनन्त अनुराग, युवराज काफ्ले इवान, मौसम बराल, विमला चिमरिया, कल्पना आचार्य ओली, तिलाश्री तिम्सिना, ईश्वर दाहाल, शिशिर भट्टराई, प्रकाश झापाली र सानो दिलले गजलवाचन गर्दा गजलको प्रभावकारिता थप उजागर भएको उपस्थित श्रोताको प्रतिक्रिया थियो। गजल गायक राज सागरले आफूले गाएका र अरूले गाएका गरी एक दर्जन गजल गाएर माहोल जमाएका थिए। 

कार्यक्रममा लीलालेखनका बारेमा कृष्ण धरावासीले बोलेका थिए। बैशाख ९ गते कविहरू विष्णु सन्यास (रोल्पा), रावल कृष्ण (अछाम), नवीन प्यासी (काठमाडौँ), घनश्याम अस्तित्व (दाङ), छवि अनित्य (हेटौँडा), गीता पुडासैनी (नुवाकोट), दीपक सम्चु (मोरङ), रोशन परियार (धनकुटा), शान्तिप्रिय वन्दना (हेटौँडा), अर्जुन ढुङ्गाना (मोरङ), राधिका गुरागाईं (मोरङ), जयन्ता पोखरेल (मोरङ), अनिता न्यौपाने (हेटौँडा), सुमित्रा भट्टराई (मोरङ), शोभा बजगाईं (मोरङ), गनेश पौडेल (पोखरा), बादलदेवी चाम्लिङ (मोरङ), एकु घिमिरे (इलाम), प्रदीप लम्साल (मोरङ) र नवराज मैनाली (सुनसरी) ले आफ्ना शक्तिशाली कविता सुनाएका थिए। 

कार्यक्रममा ‘कवितामा युवाशक्ति’ शीर्षकमा कवि श्यामल, मनु मञ्जिल, मिश्र बैजयन्ती र मुनाराज शेर्माले परिचर्चा गरेका थिए। प्रा.डा. भीम खतिवडा, शिव रेग्मी प्रणत, विष्णु न्यौपाने, हरि कट्टेल, प्रकाश पहरेदार, विन्दु मुकदर्शक, टीका आत्रेय, रोहित पराई, खगिन्द्रा खुसी, प्रतिमा पौडेल, टेकनाथ न्यौपाने, रीता पोखरेल र मेनुका चापागाईंले ‘छन्दमा कविता र कवितामा छन्द’ शीर्षकमा कविता वाचन गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.