|

सिरहा : आगलागीबाट जलेर नष्ट भएको सिरहाको मण्डल खत्वे दलित बस्तीमा नेकपा एमालेले सहयोग गरेको छ। सिरहा सखुवा नन्कारकट्टी गाउँपालिकास्थित मण्डल खत्वे दलित बस्तीमा गएको चैत २८ गते आगलागी हुँदा ३० घर जलेको थियो। 

आगलागी पीडित परिवारलाई अनेरास्ववियुकी सचिव आरती लामा, युवा संघ जीतपुर सिमरा उपमहानगरपालिका कमिटी सदस्य शारदा दाहाल सिम्खडा लगायतले करिब एक लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन्। उनीहरुलाई कराई, डेक्ची, गिलास, थाल, डाडु,पन्यू, बाल्टिन, जग लगायतका सामग्री दिइएको छ। त्यस्तै एक सेट भाडाकुँडा, बेड सिट, झुल, कापीकलम बस्तीमै पुगेर सहयोग गरिएको अनेरास्ववियुकी सचिव लामाले जानकारी दिइन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.