|

काठमाडौं : चारवटा प्रदेशमा जेठ ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयलाई प्रतिपक्षी नेकपा एमालेले अस्वीकार गरेको छ। आइतबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते निर्वाचन गर्ने सरकारको निर्णय अमान्य हुने बताएको हो। 

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै एमालेले बजेट ल्याएको १५ दिनमै चुनाव गर्ने व्यवस्था निर्वाचन आचारस‌हिता विपरीत हुने निश्कर्ष निकालेको छ। संसदीय दलको बैठकमा बोल्दै एमाले अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीले बजेट ल्याएर सरकारले निर्वाचन गराउन नमिल्ने भन्दै संवैधानिक प्रस्ताव संशोधन गर्नुपर्ने बताएका हुन्। 'बजेट ल्याएर निर्वाचन गराउनु आचारसंहिता विपरीत हो, उनले बैठकमा भने,' बजेट सम्बन्धी प्रावधान संशोधन भएमात्रै जेठ ३१ को मिति मान्य हुनेछ।'

सरकार र मधेसी दलहरुबीच शनिबार भएकाे सहमति अनुसार प्रदेश नम्बर १,२ ५ र ७ मा जेठ ३१ गते  निर्वाचन गर्ने निर्णय अाईतबार बसेको मन्त्रिपरिषद बैठकले गरेेको हो।

यस्तै एमालेले संविधानको धारा २ सय ७४ को उपधारा ४ चारलाई संशोधन गरी प्रदेश सभाको परामर्शमा सीमांकन हेरेफेर गर्न सक्ने सकिने सरकारी प्रस्ताव खारेज नभए संविधान संशोधनको पक्षमा नउभिने निर्णय गरेको छ। 'सरकारले ल्याएको प्रस्ताव राष्ट्रका लागि उपयुक्त छैन यो विषय नसच्चाएसम्म एमाले संशोधनको पक्षमा उभिँदैन,' ओलीले बैठकमा भने। बैठकमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटबारे भने बैठकमा केही खुलाएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.