|

चितवन: चितवनको नारायणी नदीमा डुबेर आइतबार एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपराह्न साढे तीन बजे नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको ज्यान गएको हो। 

चितवनको भरतपुर महानगरपालिका– १७ स्थित नारायणी नदीमा नुहाउने क्रममा दाङका अन्दाजी १८ वर्षका जंगबहादुर बगडीको डुबेर मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

उनी ना७क १८०९ नम्बरको ट्रिपरका सहचालक भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का लिई शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको छ। 

यता चितवनको कुरिनटारस्थित रिभर साइड स्प्रिङ रिसोर्टको स्विमिङ पुलमा शनिबार पौडी खेल्ने क्रममा मोरङ घर भई तनहुँ माछापुच्छ्रे बैंकमा कार्यरत २३ वर्षका सागरबाबु गिरीको समेत डुबेर मृत्यु भएको प्रहरीले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.