|

दमक: झापाको दमकमा आज एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

दमक नगरपालिका- ९ की ४५ वर्षकी अञ्जु गजमेर आफ्नै घरमा अाइतबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शरीरमा कहीँ चोट पटक नभए पनि घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए। ‘घटनाको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिन्छ', उनले भने, 'उनकी छोरीले हामीलाई दिएको जानकारीअनुसार उनी मृत भेटिनुअघि उनी बसेको कोठाबाट कोही बाहिर निक्लेका थिए रे, त्यसैले घटना संकास्पद छ, हामी अनुसन्धान गरिरहेका छौँ।’ 

मृतकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए। पोष्टमार्टमको रिपोर्टपछि मात्र के भएको हो भन्न सकिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.