|

काठमाडौं : सरकारले नयाँ सुरक्षा योजना बनाएर स्थानीय निर्वाचनमा जनशक्ति खटाउने तयारी गरेको छ। दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयसँगै गृह मन्त्रालयले सुरक्षा योजना पनि परिवर्तन गर्न लागेको हो।

सरकारको निर्णयले निर्वाचन सुरक्षामा थप सहज भएको गृहका अधिकारीहरूले बताएका छन्। ‘दुई चरणको निर्वाचनले हामीलाई सहज भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘दुई चरणमा गर्दा स्रोत–साधन र जनशक्तिमा समस्या हुँदैन र सुरक्षा अवस्था थप बलियो हुन्छ।’ एउटा प्रदेशको प्रहरीलाई अर्को प्रदेशमा केन्द्रित गरेर सुरक्षा योजना कार्यान्वयन गर्ने गृहको तयारी छ।

निर्वाचन सुरक्षा रणनीति पुरानै भए पनि त्यसको कार्यान्वयनमा नयाँ रणनीतिक योजना बनाएर लागू गरिने प्रवक्ता पन्थीले बताए। निर्वाचन सुरक्षा विश्लेषणका लागि गृहले सबै क्षेत्रमा क्षेत्रीय सुरक्षा गोष्ठी गर्दै आएको छ। आइतबार मध्यमाञ्चलअन्तर्गतका तराईका जिल्लाको सुरक्षा गोष्ठी गरिएको छ

यसैबीच स्थानीय तहको निर्वाचनका वेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ। मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो । राष्ट्रपतिको स्वीकृतिपछि मात्र सेना परिचालन गर्न सकिन्छ ।

निर्वाचन आउन तीन साता बाँकी छँदा पनि सेना परिचालनको स्वीकृति प्राप्त नहुँदा तयारीमा समस्या भएको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीले सुरक्षा दिँदै आएका कारागार तथा सरकारी कार्यालयमा सेनालाई खटाउने तयारी भइरहेको छ । निर्वाचनमा बुथको बाहिरी घेरामा समेत सेना खटिने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले बताए ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.