|

काठमाडौं : बाँकेको होलियामा गएराति भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। डुडुवा गाउँपालिका वडा नम्बर १ होलियामा राति १२ बजेतिर भएको आगलागीमा स्थानीय मुन्सिलाल मुराउका दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मुन्सीलालका छोरीहरु १० वर्षीया राधना र ८ वर्षीया सोनाम तथा ६ वर्षका छोरा पवनको मृत्यु हो। आगलागीबाट स्थानीयका ६ वटा घर र २ वटा गोठ जलेर नष्ट भएका छन्।

आगो लाग्नुको कारण खुल्न सकेको छैन। प्रहरी निरिक्षक वीरबहादुर थापा नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.