|
फाइल फोटो

काठमाडौं : नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ। कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा पुगेका सिलवाललाई सोमबार बिहान थापाकै घरबाट पक्राउ गरिएको हो। सिलवालसँगै थापा पनि प्रहरी हिरासतमा छन्।

यद्यपी थापालाई आफूहरुले नियन्त्रणमा लिएको नभइ सिलवालले कानुन व्यवसायीका रुपमा आफूसँग राखेको प्रहरीले जनाएको छ। सिलवाल र थापा दुवैलाई प्रहरी प्रधान कार्यालयमा राखिएको छ।

कार्यसम्पादन मूल्याङ्कनमा किर्ते गरी अदालतसमक्ष पेश गरेको विषयमा सिलवालमाथि अनुसन्धान भइरहेको छ। छानविन समितिले बयानका लागि बोलाउँदा पनि नगएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

साथै आईजीपी प्रकाश अर्यालले बोलाएको बैठकमा नगएपछि उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.