|

  • मणिकुमार श्रेष्ठ-

सुनसरी : सुनसरीको बराह नगरपालिकाका मधेसी दलित मुसहर समुदायका महिला राजनीति तथा समाजिक सेवामा सक्रिय बन्दै गएका छन्। सरकारले स्थानीय तहको नेतृत्व छनोट गर्ने गरी स्थानीय तहको चुनावको मिति घोषणा गरिसकेपछि यहाँको मुसहर समुदायका महिलाहरु पनि आफ्नो समुदायको अधिकारलाई स्थापित गराउने उद्देश्यका साथ राजनीतिमा सक्रिय भएका हुन्। 

बराह नगरपालिकामा अन्य दलहरुले उम्मेदवार सार्वजनिक गर्न बाँकी रहेको बेला माअ‍ोवादी केन्द्रबाट बराह वडा नं. ४ मा सम्झना मुसहर र वडा नं. ११ मा लीलादेवी ऋषिदेव (मुसहर) सदस्यको उम्मेदवार बनेकी छिन्। उनीहरु आफ्नो समुदायलाई पछाडि पारिएको समुदायको सेवा गर्ने लक्ष्य राखेर सदस्यको उम्मेदवार बनेको बताउँछिन्।

वडा नं. ११ को सदस्यको उम्मेदवार बनेकी लीलादेवी आफूले यस पटकको स्थानीय तहको चुनावले जितेर सामाजिक सेवा गर्ने बताउँछिन्। आफू तथा आफ्नो पार्टीले जिते गरिबको मुक्ति हुने उनको विश्वास छ। उनी भन्छिन् ‘अरु पार्टीले जितेमा हाम्रो समुदायको मुक्ति हुँदैन्, उनीहरुले त गरिबीमाथि थप शोषण गरिहेका छन् माओवादीले जितेमा हामी सबै समुदायलाई समान अधिकार दिन्छौं।’

उनले थप्दै भनिन्, ‘आफू माओवादीबाट सदस्यको लागि उम्मेदवार भइसकेको हुँदा जितेपछि समाजसेवा गर्ने लक्ष्य रहेको छ, तर चुनाव भनेको हारलाई स्वीकारेर आएको हुँदा हारे पनि समाजसेवा चाहिँ गरिरहन्छु।’

चुनाव लड्न त धेरै पैसा चाहिन्छ भन्छन् नि भनेर लीललदेवीलाई सोध्दा उनले भनिन्, ‘पैसा त चाहिन्छ हामी त मजदुर वर्गका मान्छे, मजदुरी गरेर खानुपर्ने पैसा छैन्, माओवादीमा पहिलेदेखि नै लागेकी हुँ चुनाव लड्ने खर्च पनि सामूहिक रुपमा पार्टीले ने व्यहोर्छ।’५ सन्तानकी आमा, उमेरले ४२ वर्ष पुगेकी लीलाले आफ्नो घरमा तथा समुदायमा महिलामाथि कुनै भेदभाव पनि हुन नदिने बताइन्।

यसैगरी, बराह न.पा वडा नं. ४ बाट सदस्यको उम्मेदवार बनेकी सम्झना मुसहरले भने चुनाव लड्नकै लागि अलि–अलि पैसा पनि जोहो गरेको बताइन्। चुनाव लड्नको लागि पैसाको पनि आवश्यक पर्ने हुँदा केही रकम जोहो गरेको र बाँकी रकम पार्टीले नै व्यहोर्ने उनले सुनाइन्।

सामाजिक सेवा गर्ने बताउँदैं उनी भन्छिन् ‘जित्छु भनेर नै उठेकी हुँ, जितेर आफ्नो गाउँलाई राम्रो, सफा र शिक्षित गाउँ बनाउने लक्ष्य रहेको छ।’ मुसहर समुदायमा घरबाट बाहिर निस्कन नै समस्या भइरहेको वेला उम्मेदवार बन्नुभएको छ, घरपरिवारबाट कतिको सहयोग पाउनु भएको छ ? भनेर सोध्दा उनले भनिन् ‘आफ्नो घरपरिवार तथा समुदायमा त्यस्तो छेकबार छैन हामीमा पनि अब समाजको केही गरौ भन्ने भावना पैदा भएको छ।’

तीन सन्तानको आमा रहेकी ३५ वर्षकी सम्झनालाई चुनावमा त निकै खट्नुपर्छ कसरी समय निकाल्नुहुन्छ ? भनेर प्रश्न गर्दा उनले गर्भका साथ भनिन् ‘मेरो छोराले एसएलसी दिइसकेको छ, अब मलाई छोराले घरमा सघाउँछ, मेरो काम भनेको समाजसेवा गर्ने हो।’ बैठकमा जानको लागि समय पाइराखेको बताउँदै घरमा सामाजिक काम गर्ने बिषयमा कुनै विवाद नरहेको समेत उनले बताइन्।

माओवादी केन्द्रको उम्मेदवारी घोषणासँगै राजनीतिक सकस

माओवादी केन्द्रले बराह नगरपालिकामा पठाउने जनप्रतिनीधिहरुमा मधेसी दलित, महिला, जनजातिलगायत सीमान्तकृत समुदायको प्रतिनिधिहरुलाई उम्मेदवारी बनाएर आधारभूत वर्गको प्रतिनिधित्व गराउन खोजेको बराह नगरपालिकाका मतदाता तथा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष केशव घिमिरेले बताए।

उनले भने, ‘अन्य दलले उम्मेदवारको सार्वजनिक नगरिरहेको वेला माओवादीले आधारभूत वर्गका प्रतिनिधिलाई उम्मेदवार बनाएर तल्लो तहका मतदाताको भोट लिन खोजेजस्तो देखिन्छ।’ उनले थप भने, ‘पहिलेका स्थानीय निकायको चुनावमा तथा गाउँ विकास समितिमा मुसहर समुदायको प्रतिनिधित्व हुन नसकिरहेको अवस्थामा माओवादीले पहिलोपल्ट मुसहर समुदायलाई समेटन खोजेको छ। यो राजनीतिक दलहरुमा भएको सकारात्मक पक्ष हो। अन्य दलहरुले पनि तल्लो तहको समुदायको प्रतिनिधित्व गराउनुपर्दछ।’ माओवादीको उम्मेदवार घोषणाले राजनीतिक सकस पैदा भएको घिमिरेले बताए।

यसैगरी, नेपाली कांग्रेस बराह नगर समितिका सचिव तथा साविक महेन्द्रनगर गाउँ कार्यसमतिका सचिव खेम थापाले माओवादीबाट मुसहर समुदायको समेत उम्मेदवारी आउनु सकारात्मक कदम भएको बताए। माओवादीले बराहको उम्मेदवार घोषणा गर्दा यस क्षेत्रको दलित, महिला, जनजाति, उत्पीडित समुदायको समेत प्रतिनिधित्व गराएर अन्य दलहरुलाई पनि सकरात्मक पाठ सिकाएको उनले बताए।

त्यसैगरी, माओवादीको उम्मेदवारी घोषणाले अन्य दलहरुलाई सोच्न बाध्य बनाएको स्थानीय श्री प्राविका शिक्षक लक्ष्मी गड्तौलाले बताए। राज्यको नीति निर्माण तहदेखि विकासका कामहरुमा तल्लो समुदायको प्रतिनिधि सहभागी गराउनु पर्ने दबाब बढ्दै गएको पनि उनले बताए। ‘माओवादी बाहेकका राजनीतिक दलका उम्मेदवारहरु सार्वजनिक हुन बाँकी रहेको अवस्था अन्य दलहरुले पनि अब पुनःविचार गर्नुपर्ने अवस्था आएको छ,’ गडतौलाले भने।

माओवादी केन्द्रले शनिबार बराह नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सदस्यका उम्मेदवारहरु सार्वजनिक गरेको थियो। जसमा प्रमुखमा कमल कट्वाल, उपप्रमुखमा संगीता किराती छन्।

यसैगरी वडा नं. ९ र १० को वडाध्यक्षमा महिला उम्मेदवार बनाएको छ। वडा नं. ९ मा मालती लिम्बू र १० मा लेखकुमारी थापा रहेका छन्। माओवादी केन्द्रको बराह नगरको उम्मेदवार घोषणाले राजनीतिक वृत्तको थप तरंग पैदा गरेको स्थानीय अगुवाहरु बताउँछन्। बराहमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेसीवादी दलहरुको उपस्थिति रहेको छ।

माओवादी केन्द्र बराह नगरसमितिले सार्वजनिक गरेको उम्मेदवारहरुको नामवली

नगरप्रमुख : कमल कटुवाल

उपप्रमुख : संगीता किराती

वडा नं. १

वडाध्यक्ष : तुलसी पाण्डे

सदस्यहरु : प्रकाश राई, समीक्षा राई, रन्जित लोहनी, गंगामाया नेपाली

वडा नं. २

वडाध्यक्ष : पारसमणि न्यौपाने

सदस्यहरु : लंकमान बि.क., बुद्धमाया लिम्बू, चिरञ्जीवी सुवेदी, गोमा नेपाली

वडा नं. ३

वडाध्यक्ष : बाँकी

सदस्यहरु : लालबहादुर बि.क., नम्रता राई, सिर्जना रसाइली, सन्देश कोइराला

वडा नं. ४

वडाध्यक्ष : मेहन्द्र ठाकुर

सदस्यहरु : सीता बि.क., सम्झना मुसहर, नवीन भट्टराई

वडा नं. ५

वडाध्यक्ष : अमित गौतम

सदस्यहरु : कुमारी विष्ट, दलकुमार राई, कल्पना विक, धिरज विक

वडा नं. ६

वडाध्यक्ष : भोगेन्द्र डाँगी

सदस्यहरु : डिकबहादुर दाहाल, जंगबहादुर मगर, रमिला विक, कौशिला चन्द्रवंशी

वडा नं. ७

वडाध्यक्ष : सुमन आचार्य

सदस्यहरु : जन्द्रमणि आचार्य, तुलसी विक

वडा नं. ८

वडाध्यक्ष : बाबुराम ठकुरी

सदस्यहरु : प्रदीप बस्नेत, चन्द्र राई, मिश्रमाया विक,कमला घिमिरे

वडा नं. ९

वडाध्यक्ष : मालती लिम्बू

सदस्यहरु : सीता कालिकोटे, गणेश दाहाल, किसोनिया मोची, हिरादवी महतरा

वडा नं. १०

वडाध्यक्ष : लेखकुमारी थापा

सदस्यहरु : संगीता माझी, मानबहादुर विक, कृष्णबहादुर खड्का

वडा नं. ११

वडाध्यक्ष : राजकुमार शाह

सदस्यहरु : अनन्तकुमार मण्डल, अजित मन्सुरी, लीलादेवी ऋषिदेव (मुसहर)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.