|

काठमाडौं : नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालयमा लगिएको छ। कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा पुगेका सिलवाललाई सोमबार बिहान थापाकै घरबाट प्रहरी टोलीले हेडक्वार्टर लगेको हो। प्रहरी प्रधान कार्यालयमा डीआईजी सिलवालसँगै वरिष्ठ अधिवक्ता थापा पनि पुगेका छन्।

डीआईजी सिलवालले कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरी अदालतसमक्ष पेश गरेको विषयमा सिलवालमाथि अनुसन्धान भइरहेको छ। त्यसै विषयमा छानबिनका लागि उनलाई हेडक्वार्टरमा लगिएको उनका कानुनी सहयोगी थापाले बोलाए। थापाले सिलवाल बिरामी भएकाले बयान दिन नसकेको जानकारी दिए। हेडक्वार्टरबाटै थापाले थाहाखबरसँग भने ' उहाँलाई बयानका लागि यहाँ ल्याइएको हो, तर उहाँ बिरामी हुनुहुन्छ।'

आईजीपी प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा नगएको विषयमा सिलवालसँग यसअघि नै प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.