|

  • मेगराज खड्का-

रुकुम : स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले रुकुमका सबै गाउँ तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ। वडा अध्यक्ष र सदस्यहरुको घोषणा पनि केही दिनमा सकिने पार्टीहरुले बताएका छन्। नेपाली कांग्रेसले भने लामो गृहकार्य गर्दा पनि उम्मेदवारहरु टुंगो लगाउन सकेको छैन। उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि काग्रेसलाई टुंगो लगाउनमा गाह्रो भएको हो।

नेकपा माओवादी केन्द्र

मुसिकोट नगरपालिका

प्रमुख : देवीलाल गौतम

उपप्रमुख : प्रेमकुमारी सुनार केसी

 

चौरजहारी नगरपालिका

प्रमुख : विशाल शर्मा

उपप्रमुख : राधा रोका

 

आठबिसकोट नगरपालिका

प्रमुख : गोरखबहादुर केसी

उपप्रमुख : गीता नेपाली

 

सानीभेरी गाउँपालिका

अध्यक्ष : नरबहादुर पुन

उपाध्यक्ष : इन्दिरा बिसी

 

त्रिवेणी गाउँपालिका

अध्यक्ष : भक्कुप्रसाद घर्ती

उपाध्यक्ष : निर्मला विष्ट

 

बाँफिकोट गाउँपालिका

अध्यक्ष : धर्मबहादुर केसी

उपाध्यक्ष : मनकला पुन

 

सिस्ने गाउँपालिका

अध्यक्ष : कुमारी बराल

उपाध्यक्ष : गोवर्धन बुढा

 

भुमे गाउँपालिका

अध्यक्ष : रामसुर बुढा

उपाध्यक्ष :  मनकुमारी बुढा बिष्ट

 

पुथा उत्तरगंगा गाउँपालिका

अध्यक्ष : ओमप्रकाश घर्ती

उपाध्यक्ष : ओमकुमारी मल्ल

 

नेकपा एमाले

 

मुसीकोट नगरपालिका

प्रमुख : विमलकुमार पुन

उपप्रमुख : केशरी गौतम

 

चौरजहारी नगरपालिका

प्रमुख : शेरबहादुर केसी

उपप्रमुख : कल्याणी खड्का

 

आठविसकोट नगरपालिका

प्रमुख : हरिप्रसाद शर्मा

उपप्रमुख : भगवती शाही

 

सानोभेरी गाउँपालिका

अध्यक्ष : मनवीर घर्ती

उपाध्यक्ष : लक्ष्मी केसी

 

त्रिवेणी गाउँपालिका

अध्यक्ष : गणेश खड्का

उपाध्यक्ष : कल्पना ओली

 

बाफिकोट गाउँपालिका

अध्यक्ष : विद्यापति रिजाल

उपाध्यक्ष : ब्युझना पुन

 

सिस्ने गाउँपालिका

अध्यक्ष : नन्दलाल शर्मा

उपाध्यक्ष : नुमिन्द्रा खड्का

 

भुमे गाउँपालिका

अध्यक्ष : आशा स्वर्णकार

उपाध्यक्ष : कमानसिं डागी

 

पुथा उत्तरगंगा गाउँपालिका

अध्यक्ष : भीउमान घर्ती

उपाध्यक्ष : सिता घतानी

 

रुकुममा दर्ता भएका दलहरु

स्थानीय तह निर्वाचनका लागि रुकुममा १३ वटा दल दर्ता भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, नेकपा मार्क्सवादी लेनिनवादी, नेपाल पुर्ब राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल र नेकपा माले जनसमाजवादी निर्वाचन कार्यालयमा दर्ता भएका छन्। 

स्थानीय तहगत मतदाता विवरण

स्थानीय तह निर्वाचनका लागि रुकुममा जम्ममा १ लाख १ हजार ९ सय ३२ जना मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ५१ हजार १ सय ५३ महिला र ५० हजार ७ सय ७८ पुरुष छन्। २०७० सालको संविधानसभा निर्वाचनमा भन्दा १५ हजार ५ सय ६० मतदाता बढेका छन्। रुकुममा ३ नगरपालिका सहित ९ वटा स्थानीय छन्।

रुकुममा सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै १५ हजार ९ सय ३५ मतदाता रहेका छन् भने सबैभन्दा थोरै पुथा उत्तरगंगा गाउँपालिकामा ७ हजार ५ सय ५८ मतदाता रहेका छन्। 

त्यस्तै आठविसकोट नगरपालिकामा १५ हजार ८ सय ४५ र चौरजहारी नगरपालिकामा १४ हजार ९ सय १९ मतदाता रहेको जिल्ला निर्बाचन कार्यालय रुकुमका जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले जानकारी दिए। उनका अनुसार त्रिवेणी गाउँपालिकामा १० हजार ५ सय ९१, सानीभेरी गाउँपालिकामा १० हजार ४ सय २६, बाँफिकोट गाउँपालिकामा ९ हजार ७ सय ३५ मतदाता छन्।

त्यस्तै भुमे गाउँपालिकामा ८ हजार ५ सय ५५, सिस्ने गाउँपालिकामा ८ हजार ३ सय ६८ मतदाता रहेका छन्। जिल्लामा १ सय ४ वटा मतदान स्थलहरु रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.