|

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शन्तराम विडारी निर्वाचित भएका छन्। सोमबार बिहान प्राप्त मत परिणाम अनुसार विडारीले अर्का प्रत्याशी रामकृष्ण अधिकारीलाई १४ मतले पराजित गरेका हुन्। विडारीले ४ सय २९ मत पाए भने अधिकारीले ४ सय १५ मत पाए।

त्यस्तै उपाध्यक्षहरुमा खुला तर्फ सूर्य सुवेदी र महिला उपाध्यक्षमा सरिता पोखेल निर्वाचित भएकी छन्। सचिवमा मोहनराज पन्त, कोषाध्यक्षमा रामचन्द्र बस्नेत, सहसचिवमा रामशरण माझी र समावेशी सहसचिवमा अमिर लामा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

सदस्यहरुमा सुलोचना अर्याल, पुश्कर बस्नेत, रामचन्द्र दुलाल, राजेश भण्डारी, फणीन्द्र फुँयाल, अजित अधिकारी, मुकुन्द भुसाल, विष्णुकुमार गिरी निश्चल निर्वाचित भएका छन्। सदस्यहरुमा नै महिला तर्फबाट अम्बिका घिमिरे, समावेशी सदस्यमा हेमबहादुर राना 'कमल',  मधेसीमा विनयकुमार महतो र दलित सदस्यमा शर्मिला विश्वकर्मा निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.