|

इलाम : बर्षापछि पलाएको बिषाक्त च्याउ खादा इलाममा एकै परिवारका ५ जना विरामी भएका छन्। सोमबार विहान जंगलबाट खोजेर ल्याएको च्याउको तरकारी खाँदा इलाम नगरपालिका–१२ साङरुम्बाकी ८३ बर्षिया दलहाङमा लिम्बु, उनको छोरा ५६ बर्षिय सुकपाल लिम्बु र ५३ बर्षिय देउमान लिम्बु विरामी परेका हुन्।

उनीहरुसँगै च्याउ खाएका देउमानका २१ बर्षिय छोरा सेसेहाङ, १४ बर्षिय पेरुहाङ्ग र पाहुना सुर्योदय नगरपालिकाका २५ बर्षिय साम्योग राईलाई वान्ता हुन थालेपछि अस्पताल ल्याइएको थियो। विरामी परेका ६ जनाको इलाम अस्पतालमा उपचार सम्भव नभएपछि विर्तामोड तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.