|

सल्यान : सल्यानको एक पसलमा डिउको बोटलमा अखाद्य वस्तु (पुकार) भेटिएको छ। कुपिण्डे बनगाड नगरपालिका वडा १ सल्लीबजारमा रहेको एक पसलमा डिउको बोटलमा अखाद्य वस्तु फेला परेको हो।

स्थानीय पुस्कर बिसीले मागेको डिउको बोटलमा ३ पोका पुकार फेला परेको हो। ‘मेला हेर्न बजार आएको समयमा गर्मी भयो यसो चिसो खान जानुपर्‍यो भनेर एक पसलमा गई डिउ मागेको तर, उक्त डिउभित्र पुकार फेला भेटियो’ बिसीले भने। डिउको बिर्को आफैंले खोल्न लाग्दा बोटलभित्र पुकारका पाकेट देखिएको उनको भनाइ छ।

पेय पदार्थमा यसरी अखाद्य वस्तु भेटिनुले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भएको बिसीले बताए। बजार अनुगमन नहुँदा स्थानीय उपभोक्ता प्रत्यक्ष मारमा पर्ने गरेका छन्। प्रशासनको फितलोपनाका कारण उपभोक्ता बर्सेनि ठगिने गरेका छन् अन्यन्त्र म्याद सकिएका समानसमेत व्यापारीले सल्लीबजारमा ल्याएर  बिक्री गर्ने गरेको तथ्यसमेत बेला बेलामा सार्वजनिक हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.