|

काठमाडौं:  आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्स्पो हुने भएको छ। बैकिङ क्षेत्रमा सूचना र अभ्यासका विषयमा सेवाग्राही तथा विद्यार्थीलाई जानकारी गराउन एक्स्पो आयोजना गर्न लागिएको हो।

मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोशियसनको सहयोगमा नेपालमा पहिलो पटक बैकिङ एक्स्पो आयोजना हुन लागेको जानकारी सोमबार पत्रकार सम्मेलनमा दिइयो।

एक्स्पोमा सर्वसाधारणका साथै व्यावस्थापन पक्षका विद्यार्थीलाई वित्तीय शिक्षा र त्यसको उपयोगका विषयमा जानकारी दिइने मिडिया इन्टरनेशनलका प्रबन्ध निर्देशक माधब निर्दोषले बताए। 

नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयका उप-निर्देशक विभु प्रसाद अर्यालले नेपालमा पहिलोपटक हुन लागेको बैंकिङ एक्स्पो बैंक सम्बन्धी सूचनाका महत्वपूर्ण साबित हुने बताए। उनले बैंकिङ क्षेत्रका बारे बुझ्न चाहने र बैंकिङ कर्जाबाट उद्यमी बन्न चाहनेका लागि यो महत्वपूर्ण अवसर हुने बताए।

तीन दिन सम्म चल्ने एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, शेयरसँग सम्बन्धित संस्थाहरु, बैंक, वित्त, बीमा, माइक्रो फाइनान्स तथा रेमिट्यान्सहरुले सूचनामूलक स्टल राख्नेछन्। तीनै दिन फरक-फरक विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.