|

धनकुटा : धनकुटा सदरमुकाम नजिकमा सोमबार अपराह्न बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। संखुवासभा जिल्लाको खादबारीबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङच्याङबारीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका ३४ जनालाई नै उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए।

बस सडकमा पल्टिएपछि कोसी राजमार्गको धरान–धनकुटा खण्ड अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि दर्जनौं सवारीसाधन रोकिएर बसेका छन। राजमार्ग खुलाउने प्रयास भइरहेको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेश श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.