|

काठमाडौं : सरकारले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर १, २, ५ र ७ का स्थानीय तहमा जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्तालिका रहेको आयोगले जनाएको छ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले गाउँपालिका र नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराउन सक्नेछन्। त्यस्तै जेठ १९ गते उम्मेदवारको सूची प्रकाशन गर्ने, २० गते उम्मेदवारविरुद्ध उजुरी दिने, २० गते नै मनोनयन पत्रको जाँच गर्ने कार्यतालिका रहेको छ।

त्यसपछि जेठ २१ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २१ गते नै उम्मेदवारले नाम फिर्ता लिन सक्ने,  २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र त्यसै दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ। त्यसपछि जेठ ३१ गते मतदानको कार्यतालिका रहेको आयोगले सोमबार जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.