|

एजेन्सी : भारतीय कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ले सय हप्ता पूरा गरेको छ। आफ्नो 'शो'ले १०० हप्ता पूरा गरेको अवसरमा कपिल शर्माले 'शो'का सबै सदस्यलाई धन्यवाद दिएका छन्।

कपिलले 'शो' छोडेका कलाकार सुनिल ग्रोभरलाई पनि धन्यवाद दिएका छन्। पछिल्लो समय कपिल शर्मासँगको विवादका कारण केही कलाकारले 'शो' छोडेका छन्। छोड्नेहरुमा एक हुन् सुनिल ग्रोभर उर्फ 'डाक्टर मसहुर गुलाटी'। सुनिलले कपिलको शो छोडेपछि आफ्नो छुट्टै नयाँ 'शो' सुरु गर्दैछन्।

गत महिना अष्ट्रेलियाबाट फर्कने क्रममा भएको विवादमा कपिलले सुनिलसहित 'शो'का अन्य कलाकारलाई दुर्व्यवहार गरेका थिए। त्यसको विरोध गर्दै ग्रोभर, अलि असगर र चन्दन प्रभाकरले 'शो' सुटिङ गर्न मानेका थिएनन्। 

सुनिलसहित अन्य कलाकारले 'शो' छोडेपछि कपिल शर्माका 'शो'को लोकप्रियता खस्किएको भन्दै प्रसारक सोनी टेलिभिजनले कपिललाई आफ्नो 'शो'को टिआरपी बढाउन समयावधि तोकेको छ। अहिले 'शो'मा सुनिलको सट्टा अर्का हाँस्यकलाकार राजु श्रीवास्तवलाई ल्याइएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.