|

काठमाडौं : फिल्म ‘तुईन’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक ट्रेलरमा खोला तर्नका लागि 'तुईन' प्रयोग गर्न बाध्यहरुको व्यथा देखाइएको छ। 

त्रिशुली नदी आसपास बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका बासिन्दाले दैनिक जिविकोपार्जनका लागि पनि नदी वारपार गर्न 'तुईन' प्रयोग गर्नुपर्ने यथार्थलाई फिल्मले समेट्न खोजेको छ। केही वर्ष पहिले स्कुल पढ्न जाँदा 'तुईन' चुडिएर धेरै बालबालिकाले ज्यान गुमाएको दुर्घटना फिल्ममा समेटिएको छ। यस दुर्घटनामा एक्लै बाँच्न सफल किशोर सुरज थापाको वास्तविक कथा फिल्ममा उतारिएको निर्माण पक्षले जानकारी दिएको छ। 

फिल्मलाई उत्सव थपलियाले निर्देशन गरेका छन्। ‘तुईन’मा सुरज थापासँगै पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्का र चिराग थपलियाको अभिनय छ।

फिल्मलाई सिर्जना उप्रेतीले निर्माण गरेकी हुन्। पछिल्लो समय फिल्मको परिचय नै ग्ल्यामरस हो भन्ने प्रभाव बढ्दै जाँदा सामाजिक विषयवस्तुहरु पछि परेको भन्दै यो प्रकारको वास्तविक कहानीलाई बाहिर ल्याउन आवश्यक देखेकै कारण 'तुईन' बनेको निर्मात्री उप्रेतीको उनको भनाइ छ। 

आङछेन लामाले खिचेको फिल्ममा सुरेश अधिकारीको संगीत रहेको छ। रिलिज मिति तय भईनसकेको फिल्मलाई जेठको अन्त्यमा रिलिज गर्ने मनस्थिती भएको निर्माण युनिटले जनकारी दिएको छ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.