|

रुकुम : सदरमुकाम मुसिकोट खलंगाबाट चौरजहारी नगरपालिकाको नुवाकोट जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। ग १ ख ४२४५ नम्बरको बस मुसिकोट नगरपालिकाको बोराहगाउँ नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा त्रिवेणी गाउँपालिका वडा नं. १० का ४० वर्षिय दुर्गा बहादुर खड्का, मुसीकोट नगरपालिका वडा नं. ११ की ४० वर्षिया नैना पुन, सोही गाउँकी २६ वर्षिया गीता ओली पुन र २७ वर्षिया गीता खड्का घाइते भएका छन्।

घाइतेमध्ये गीता ओली र नैना पुनको अवस्था गम्भीर  छ। उनीहरुलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल सल्लेबाट  नेपालगञ्ज रिफर गरिएको छ। बसको स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ।

बस सडकबाट १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए। उनका अनुसार बसमा १५ जना यात्रुहरु सवार थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.